गएको चैतमामा सम्पन्न लगानी सम्मेलनका क्रममा आएको विदेशी लगानी प्रतिबद्धताको पहिलो सम्झौता भएको छ। लगानी बोर्डले विरगञ्ज र भैरहवामा फ्रेट टर्मिनल बनाउनका लागि लगानी सम्झौता गरेको हो।
यसका लागि बोर्ड र फ्रेट लजिस्टिकबीच सम्झौता भएको हो।
भैरहवा र विरगञ्जमा बन्ने सुख्खा लजिस्टिक टर्मिनलको लागत ६ अर्ब ५१ करोडको हुने छ। यो आयोजना बनेपछि वार्षिक ४ अर्बको आयात निर्यात लागत न्यूनीकण हुने दुवै पक्षको विश्वास रहेको छ।
टर्मिनलबाट २ हजारले रोजगारी पाउने बताइएको छ।
लगानी सम्मेलनका क्रममा आएका विभिन्न परियोजनामाथिको प्रस्तावका बारेमा अध्ययन गरिरहेको बोर्डले यो पहिलो सम्झौता गरेको हो।