तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ भदौं २५ र २६ गते काठमाडौंमा हुने आयोजक नेपाल उद्योग परिसंघले जानकारी दिएको छ। सम्मलेनको तयारी द्रुत गतिमा अघि बढेको परिसंघले जानकारी दिएको छ।
परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को नारासहित सम्मलेन आयोजना गर्न लागेको परिसंघले जानकारी दिएको छ।
यो तेस्रो संस्करणको सम्मलेन हो।
दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ ।