आर्थिक वर्ष २०७५/०७६ मा करिब १० अर्बको धागो निर्यात भएको छ। धागो उत्पादक सङ्घले उपलब्ध गराएको तथ्याङ्कअनुसार विभिन्न देशमा ९ अर्ब ९५ करोड ४५ लाख बरारको धागो निर्यात भएको छ।
सबैभन्दा बढी धागो भारतमा निर्यात भएको तथ्याङ्कले देखाएको छ। ६ अर्ब ८२ करोड ५३ लाख बराबरको धागो निर्यात भएको छ। ३ अर्ब १२ करोड ९२ लाख बरारको धागो तेस्रो मुलुकमा निर्यात भएको तथ्याङ्कले देखाएको छ।
त्यस्तै २ अर्ब २७ करोड बराबरको धागो स्वदेशमा खपत भएको छ।
सङ्घका अनुसार आव २०७५/०७६ मा रिलायन्स, त्रिभेनी र जगदम्बा स्पिनिङ्ग मिल्सले करिब करिब ४३ हजार मेट्रिक टन धागो उत्पादन गरेका थिए।
ती मध्ये ३६ हजार मेट्रिक टन धागो बाहिर निर्यात भएको छ भने ७ हजार मेट्रिक टन धागो स्वदेशमा खपत भएको सङ्घले जनाएको छ।