शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले महालक्ष्मी नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरिन्।
बैंकले आगामी दिनहरुमा पनि शाखाको संजाल बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।