उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरेर आजदेखि देशभर ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। मन्त्रालयमा आइतबार बसेको बैठकको निणर्य अनुसार सहुलियत पसल सञ्चालन गरिएको हो।
सर्वसाधरणलाई सस्तोमा राम्रो गुणस्तरको खाद्यान्न दिन र चार्डपर्वमा हुनसक्ने कालोबजारी रोक्न सरकारले हस्तक्षेपकारी भुमिका निभाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गरेको गौचनले जानकारी दिए।
‘हामी चामल, चिनी, गेडागुडी लगाएत अधिकांशमा बजारभाउ भन्दा सस्तोमा उपलब्ध गराउछौ,’ उनले भने।
अरु सहुलियत पसलसञ्चालनका लागि निजी क्षेत्रसँग पनि कुरा भइरहेको उनले जानकारी दिए।
नेशनल ट्रेडिङसँग भएको १२ हजार पर्ने इन्डक्सन चुलो पनि सहुलियत पसलमा ४ हजारमा बिक्रिको लागि रादिएको उनले जानकारी दिए। त्यस्तै चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दैनिक ७–८ ओटा अनुगमन टोली परिचालन गर्ने सरकारको तयारी छ।
तस्बिरहरु: निशा भण्डारी/सेतोपाटी