निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले जहाज थपेको छ। नेपालको सबैभन्दा ठूलो आन्तरिक एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर ७२ जहाज ल्याएको हो।
एयरलाइन्सको उक्त जहाज आज काठमाडौं आइपुगेको हो।
योसँगै बुद्धसँग १३ जहाज भएका छन्। एटिआर ७२ जहाज ८, ३ एटिआर ४२ बीच १९०० ‘डी’ २ जहाज भएका छन्। बुद्धले एटिआर ७२ थप जहाज ल्याउने बताएको छ।
जहाज थप भएपनि एयरलाइन्सले उडान संख्या भने थप गर्ने छैन। उसले जहाजको मर्मत तथा हेरचाहका लागि जाँदा नियमित उडानलाई कुनै बाधा नहुनेगरी व्यवस्था मिलाउने छ।