असोज २ गतेदेखि काठमाडौंमा टेक्स्टायल प्रदर्शनी हुने भएको छ। कपाड र त्योसँग जोडिएका सबै उत्पादन तथा प्रविधिलाई एकै ठाउँमा प्रदर्शन गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए।
नेपालबाट अहिले धागो मुख्य निर्यातजन्य वस्तुका रुपमा स्थापित भएपनि योसँगै जोडिएका अन्य उद्योगले धेरै फस्टाउन नसकेको अवस्थामा यस्ता प्रदर्शनीबाट नेपाली उत्पादन र उद्योगको सक्षमता देखाउन खोजिएको उनो भनाइ छ।
'अहिले हामिले धागोलाई मुख्य निर्यातजन्य वस्तुका रुपमा देख्न सक्छौ। तर धागोबाटै उत्पादन हुने अन्य वस्तुको उत्पादकत्वन नबढ्दा कपडामा परनिर्भरता अत्याधिक छ। हामी यो कुरालाई चिर्न चाहन्छौ। नेपालीलाई चाहिने कपडा स्वदेशमै बनाउन सक्छौ भन्ने पनि देखाउन चाहन्छौ' उनले भने।
प्रदर्शनीमा सबैथोक नेपालमै उत्पादन भएका तयारी वस्तुको राखिने छ।
गुणस्तर र मूल्य पनि उपभोक्ताले एकै ठाउँमा थाहा पाउने र नेपाली उत्पादनको ब्रान्डिङ हुने उनको विश्वास छ।
प्रदर्शनी असोज ६ सम्म चल्ने छ। प्रदर्शनीमा नेपाली तयारी पोसाकमा फ्याक्ट्री मूल्यमै दिइने उनको दाबी छ।