सामसङ इलेक्ट्रोनिक्सकले नेपाली उपभोक्ताहरुका लागि फेस्टिभ अफर ल्याएको छ। सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले खरिदमा विशेष अफर ल्याएको हो।
“सामसङ आयो, खुसी छायो” योजनामा विशेष छुट पाउनेकम्पनीले जानकारी दिएको छ।
यो छुटसँगै कम्पनीले आफ्ना उत्पादनमा टिभिहरुमा २ वर्षको वारेन्टी ( १ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाइएको बताएको छ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का नेपालभर रहेका आधिकारिक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत् यो योजना असोज १ गतेदेखि कार्तिक २९ गतेसम्म रहने छ ।