थाइल्यान्डको थाइ एयर एसियाले काठमाडौंमा उडान गर्न इच्छा देखाए पनि तत्काल सम्भव नहुने भएको छ। थाइल्यान्डको बजेट एयरलाइन्सले काठमाडौंमा उडान गर्न इच्छा देखाएपनि एयर एसियाले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझाउनुपर्ने रकम नतिरेका कारण अनुमति नपाउने भएको हो।
गएको कात्तिकमा थाइल्यान्ड र नेपालबीच हवाई सम्झौता पुनरावलोकन हुँदा उक्त एयरलाइन्स नेपाल आउने बाटो खुला भएको थियो।
तर एउटै ग्रुपको एउटा एयरलाइन्सले काठमाडौंमा पैसा नदिएर भाग्ने अर्कोलाई अनुमति दिन नमिल्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले रोकिदिएको हो।
एयर एसिया थाइल्यान्ड सन् २००४ मा स्थपाना भएको हो। एसिया एभिएसन र एयर एसिया इन्भेष्टमेन्टको सयुक्त लगानीमा स्थापना भएको यो बजेट एयरलाइन्सले थाइल्यान्डको बैंककलाई हब बनाएर उडान गरिरहेके छ।