काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वर्ल्ड नेपालले आफ्नो स्थापनाको तीन बर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ । झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वर्ल्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो।
पेप्सीकोला शाखाको बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् ।
करिब एक करोडको लगानीमा पिज्जा वर्ल्डको उक्त शाखा विस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वर्ल्डले जनाएको छ । सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।
विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय रुपैयाँसम्म पर्छ।
रेष्टुरेन्ट विहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँ शाखा संचालनको अवसरमा पिज्जा वर्ल्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ ।