नगरकोट। काठमाडौं आसपासको मुख्य पर्यटकीय गन्तव्य। धेरै विदेशी तथा नेपालीका लागि गर्मीमा चिसो हवासँगै हिमाली दृष्यको अवलोकन गर्न सकिने ठाउँ। हिउँदमा पिन यसको आकर्षण घट्दैन। सुर्योदय र सुर्यास्तसँगै हिमश्रृखलाको अवलोकन नगरकोटको मुख्य आकर्षण रहिरहन्छ।
काठमाडौं आइपुगेका विदेशी र काठमाडौंमै रहेका नेपालीहरुको रमाइलो तथा भेला हुने ठाउँका रुपमा नगरकोटको परिचय बनेको छ।
अहिले नगरकोटमा दर्जनौं होटल तथा रिसोर्ट छन्। रेष्टुरेन्ट छन्। आधुनिक सेवा र सुविधासहितका अथिति सेवा केन्द्रको नगरकोटमा कुनै कमी छैन। निजी क्षेत्रको लगानी बढ्दै छ। आगामी वर्षभित्रमात्र नगरकोटमा अर्ब बढीका ३ होटल आउँदै छन्।
होटल तथा रिसोर्टमा नयाँमात्र होइन पुरानाले पिन लगानी बढाउँदै लिएका छन्।
तर यो ठाउँ आजभन्दा २ दशक अघि कस्तो थियो होला? अहिले पनि यातायातको अविच्छिन्न सुविधा नभएको ठाउँमा त्यतिबेला कस्तो थियो होला?
'पानी थिएन। बिजुली थिएन। सडक त थियो तर कच्ची सडकमात्र थियो। वस्ती त्यति ठूलो थिएन। बजार थिएन' २३ वर्ष अघि क्लब हिमालय खोलेका योगेन्द्र शाक्य भन्छन्।
त्यही अवस्थामा २०५३ सालमा नगरकोटमा ३ वर्ष लगाएर क्लब हिमालय स्थापना भयो।
त्यो समयमा आठ करोड लगानीमा त्यतिबेलाको सुविधा सम्पन्न ठूलो होटल स्थापना भयो।
'त्यो समय जोखिम थियो। एकातिर आधुनिक होटलका ग्राहक विदेशीमात्र थिए। अर्कोतिर नगरकोट आफैमा फेमस थिएन। विदेशी धेरै आउँदैनथिए। लगानी डुब्ने जोखिम पनि थियो। हामि सफल भयौं। आजसम्म फर्केर हेर्नुपरेको छैन' शाक्यले भने।
जब क्लब हिमालय खुलेर सञ्चालनमा आयो। तब विदेशी पाहुनाहरु जान थाले। होटल बनेपछि बिजुली गयो। टेलिफोन पुग्यो। विस्तारै त्यहाँ बजारको रुप लिन थाल्यो।
त्यसपछि अरु लज तथा होटलहरु विस्तारित हुन थाले। समयक्रमसँगै नगरकोट अहिले मुख्य पर्यकीय केन्द्र बन्यो।
यसहिसाबले क्लब हिमालय नगरकोटका लागि ट्रेन्ड सेटर बन्यो।
तर होटलको व्यवसायमा सुरुमा ट्रेन्ड सेटर तर पछि त कम्पिटिटर हो। प्रतिस्पर्धा पनि भयो होला। नयाँ आउँद क्लब हिमालयले धक्का महशुस गरेको छ? भन्ने प्रश्नमा शाक्य भन्छन् 'हामीलाई कहिलै पिन धक्का महसुस भएन। सबैको आफ्नो बजार तथा ग्राहक हुन्छन्। हाम्रा आफ्नै लोयल ग्राहक छन्। त्यो हाम्रो सेवा र सुविधाबाट आर्जन भएको हो। हामिले हाम्रो सेवालाई कहिलै पनि कमी हुन दिएनौं।'
दुई दशको बीचमा कति होटल आएर पनि बन्द भए। तर पनि क्लब हिमालय भने अझै डगमगाएको छैन। अझ लगानी विस्तार गरी कोठा थप गर्ने योजनामा छ। यसरी लामो समयसम्म दबदबा कायमै राख्नुका शाक्यसँग केही मन्त्र छन्।
'हाम्रो जति पनि होटल छ। याद गर्नुहोला। लोकेसन। नगरकोटमा जति होटल आएपनि जुन लोकेशन हाम्रो छ त्यो अरुको छैन। टाउको त एउटामात्र हुन्छ। क्लब हिमालय टाउको हो। होटलको ब्यापारमा हिलटनले एकपटक भनेका थिए; लोकेशन, लोकेशन र लोकेशन। म एकैपटक भन्छु तर हामीसँग त्यो छ' शाक्यले भने।
सेवा सुविधा थप गर्दै जाने क्रममा होटलले निकट भविष्यमै स्पा ब्लक सञ्चालनमा ल्याउन लागेको छ।
सेवा सुविधा थप गर्दै होटललाई ग्राहक मैत्री बनाउनका लागि लागिपरेको होटलकी साहयत म्यानेजर क्षितिज मास्केले बताइन्।
नगरकोटको मौसम अनिश्चित हुन्छ। कतिबेला घाम लाग्छ कतिबेला बादल। पत्तै हुन्न। तर ग्राहकलाई स्विमिङ गर्न भने मन लाग्नसक्छ। यही भएर होटलमा इन्डोर हिटेड स्विमिङ पुल छ। जहाँ तातो पानी बनाउन पनि मिल्छ। त्यस्तै ज्याकुजी पनि छ।
६८ कोठा भएको होटलमा डिलक्स २४ र ४४ स्ट्यान्डर्ड छन्। होटलका पाँच बाहेक सबै रुमबाट सनराइज र हिश्रृखला अवलोकन गर्न सकिन्छ।
होटलले नेपालीहरुका लागि विशेष प्याकेज ल्याएको छ। यसमा एक जोडी नेपाली गएर ब्रेकफास्ट र डिनरसहित एकरात बसेको ७ हजार ५ सय रुपैयाँ लाग्छ। यसमा सेवा शुल्क र मूल्यअभिबृद्धि कर जोडिन्छ।