हिमालय एयरलाइन्सले बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्ने सबै प्रक्रिया करिब पूरा भएको जानकारी दिएको छ।
एयरलाइन्सका अनुसार कात्तिक १० देखि काठमाडौंबाट बेइजिङको डाक्सिङ विमानस्थलमा सिधा उडान हुने छ।
यही वर्षभित्र जहाज थप गरी चीनका छ सहरमा उडान गर्ने योजना बनाएको हिमालयले बेइजिङबाट सुरूआत गर्ने भएको छ।
एयरलाइन्सले उडानका लागि यसअघि धेरै प्रक्रिया पूरा गरेको र एयरबस ए३१९ सिरिजका जहाज ल्याएर उडान गर्ने छ।