गोंगबुको बिज़ी मलमा अनुगमन टोली पुग्दा व्यापारीहरू सटर बन्द गरी भागेका छन्। अनुगमन टोली आएको थाहा पाउने वित्तिकै व्यवसायीहरुले सटर बन्द गरी भागेका हुन्।
यसरी सटर बन्द गरी अनुगमनमा असहयोग गर्नेको पसलमा सिलबन्दी गर्न मन्त्रीले निर्देशन दिएको टोलीका एक सदस्यले जानकारी दिएअनुगमनलाई थप सशक्त बनाउनका निम्ति अहिले थप सुरक्षाकर्मी परिचालन गरिएकाे छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार पसलहरु अनुगमन गर्नका लागि ४ वटा टोली पुगेका थिए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका टोलीले ग्राहकलाई ठगी गर्ने पसलहरुलाई कसुर अनुसारको जरिवाना, कारोबार रोक्का गर्दै २४ घण्टा भित्र उद्योग विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
‘टोली पुग्नेबित्तिकै कतिपय व्यापारीले अनुगमन टोलीलाई घेरे, अनुगमनमा असहयोग गरेपछि २० हजार रुपैयाँ जरिवाना गराई कागजात सहित विभागमा आउनु भनेका छौँ’ उनले भने 'उनीहरु आएनन् भने वा फेरि पनि यस्तै गरे भने पसल सिलबन्दी गरेर नियम अनुसार कारबाही गर्छौँ।’
आवश्यक कागजात नभएपछि डेढ दर्जन बढी पसलहरुमा भने सिलबन्दी गरिएको छ।