दशैंका लागि चारदिनमा २१ हजार ८ सय ५८ गोटा पशु बजारमा आएका छन्। कृषि तथा पशुपंक्षी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज १३, १४, १५ र १६ गते विभिन्न ठाउँबाट सो सङ्ख्याको पशु काठमाडौं उपत्यकाका लागि बजारमा आएको हो।
ती मध्ये खसीबोका १७ हजार ३ सय ५९ र च्याङ्ग्रा करिब २ हजार आएको छ। त्यस्तै, भेडा १ सय ४६, राँगाभैंसी ५ सय २० र बोइलर कुखुरा १ हजार ८ सय ३४ गोटा भित्रिएको छ।
त्यस्तै माछा भने करिब ३ सय किलो आएको तथ्याङ्कले देखाएको छ।
ती पशु बालाजु, लोकन्थली, टुकुचा, कलंकी, सल्लाघारी, चोभार लगायतका ठाँउबाट आएका हुन्।