संगीतकारहरु रोहित शाक्य र मनोज कुमार के.सी. संगीत कमपोजरका रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि एक साथ भएका छन् । २६ नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् ।
प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने, मनोज के.सी.ले मोक्तान परिवार र सन्जय श्रेष्ठसँग काम गर्नेछन् । उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन् ।
“टुबकोर्ग ओपन सेसन्स् सिजन १ निकै सफलतापुर्वक राम्रो र रमाईलो रह्यो । पहिलो सिजनमा मेरो धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो । यस सिजनमा मेरो धेरै गीतहरुमा काम गर्ने समय पनि मिलेको छ, पहिले भन्दा अझ राम्रो हुने आशा राख्दछु” मनोजले भने।
टुबोर्ग ओपन सेसन्स् सिजन २ मा गर्नु मेरो लागि एउटा नयाँ अनुभव भएको रोहितले बताए।
' साच्चै, म सुट अघि एकैपटक उत्सुक र अलि चिन्तित थिए । कामहरु मैले सोचेको भन्दा पनि राम्रो भएको छ । हामीले केहि ज्याज, मधुर र पुर्वीय शैलीमा सहकार्यहरु गरेका छौ र यी सहकार्यहरुले टुबोर्ग ओपन सेसन्स्को सारलाई राम्रो न्याय गरेको छ भन्ने लागेको छ । टुबोर्ग, आरबिट्ररी र विभिन्न कलाकारहरु बिचको यो ठुलो सहकार्य रहेको छ ” उनले भने।