चार ब्रुअरी कम्पनीले एकसाथ लगानी विस्तार गर्ने भएका छन्। उद्योग क्षमता विस्तारका लागि उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले स्वीकृति दिएको छ।
बोर्डको कार्तिक १६ गते बसेको बैठकले सिजी, यति, हिमालयन र टाइगर ब्रुअरी प्रालीलाई पूजिँ तथा क्षमता वृद्धिको अनुमति दिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले जानकारी दिए।
विभागका अनुसार यी कम्पनीले अहिले प्रारम्भिक चरणको स्वीकृत पाएकाे हाे। उद्योगको स्थलगत अध्ययन गरी अन्तिम चरणको स्वीकृत दिन बाँकी छ।