चौधरी ग्रुपले आफ्नो उत्पादन वाईवाई चाउचाउको प्रबर्द्धन गर्न कुनै पनि सामाजिक अभियानको साहयता आवस्यक नपर्ने र त्यसबारेमा कुनै योजना नरहेको प्रष्ट पारेको छ।
चौधरी फाउन्डेसनकोसमेत साहयता भएको बलियो नेपाल अभियानसँग वाईवाईलाई जोडेर बाहिर आएका खबरमा कुनै सत्यता नभएको ग्रुपले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ।
'विगत केही दिनदेखि “बलियो नेपाल” अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका खबरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ,'वाइवाई चाउचाउलाई “बलियो नेपाल” अभियानमा समावेश गराउने कुनै योजना नरहेको प्रष्ट पार्न चहान्छौं । विगत ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन । साथै, चौधरी फाउन्डेनद्वारा संचालित कुनैपनि क्रियाकलापहरुमा कुनै किसिमको व्यवसायिक गतिविधीहरु संचालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चहान्छौँ।'
बलियो नेपाल, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्था भएको र जसको नेतृत्व स्वतन्त्र बोर्डले गर्ने उसले स्पष्ट पारेको छ।
बलियो नेपालको विसुद्ध लक्ष्य सामाजिक सेवा तथा पोषण केन्द्रित भएकाले यसलाई चौधरी ग्रुपको व्यावसायसँग नजोड्न कम्पनीले आग्रह गरेको छ।
'व्यापार र प्रबर्द्धन कसरी गर्नुपर्छ त्यो हाम्रो सरोकारको विषय हो। र यसका लागि हाम्रो लामो अनुभव र संस्थागत संयन्त्र छ। हामीलाई यसैका लागि कुनै अभियानको साहरा लिनुपर्ने आवस्यक छैन' ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ।