नेपालमा नै उत्पादित इभा फर्म बजारमा सार्वजनिक भएको छ।
२ फिट चौडाइ ६ फिट लम्बाइको एउटा र अर्को ४ फिट चौडाइ ६ फिट लम्बाइ भएको ७ एमएमको २ प्रकारका फर्म बजारमा आएको हो ।
यसलाई ट्रेकिङ्ग म्याट पनि भनिन्छ । ट्रेकिङ्ग जादाँ, घरायसी प्रयोगका लागि, योगा गर्नका लागि यो निकै उपयुक्त हुने अनुमान गरिएको छ।
पार्केटिङमा पनि त्यसलाई प्रयोग गर्न मिल्ने छ।
एकथरी फर्मको ५ सय र अर्को थरी फर्मको ५ सय ५० रुपैयाँ पर्नेछ। यो नेपाली बजारमा अन्य फर्म भन्दा यो निकै सस्तो रहेको विक्रेताहरुले बताएका छन् । यो फर्म अर्डर गर्नका लागि ०१-५५४४५९८ मा फोन गर्न सकिने छ।
यसको बिशेषता भनेको आवाज नआउने, लचक, जभाँचिने र नगनाउने हो।