राजधानीको त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबारदेखि चारदिने चीन तिब्बत–नेपालइकोनोमिकएन्ड ट्रेड फेयर सुरु भएको छ ।
वाणिज्यमन्त्रालयअन्तर्गतको ट्रेड डेभलपमेन्टब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीनउ द्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो।
आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावाछिलेका अनुसार मेलामा चीनका ५० भन्दाबढी प्रदर्शकले स्टल राखेका छन्।
मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्धपदार्थ, मदिरा, वाइन, तिब्बतीऔषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकललगायतको स्टल राखिएको छ।
नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागीभएको अध्यक्ष लावाछिलेले जानकारी दिए। यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारी पत्रमा हस्ताक्षर लगायतका कार्यक्रम रहेको बताए। मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने भन्दा पनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए।
त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयात निर्यात अभिवृद्धि, लगानी लगायत विषयमा अन्तरक्रिया गर्ने लक्ष्यलिएको तुलाधरको भनाइ छ।
दुई चेम्बरबीच सन् २०१४ मा भएको समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुई पक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ।
आगामीअप्रिलतिर नेपालीव्यवसायीले तिब्बतमाआयोजनाहुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ ।
यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धिहुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्धअझप्रगाढहुने आयोजक र सहयोगी संस्थाको विश्वास छ।
मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी गराए।