विज्ञान प्रविधिको विकासले दैनिकीदेखि राज्यकै प्रणाली पनि रुपान्तरण गर्दै गएका छन्। प्रविधिको विकाससँगै म्यानुअल संसार अटोमेटिकमा जाँदै छ। हरेक क्षेत्रमा यसको अधिक प्रयोगले जीवनशैली नै परिवर्तन गरेको छ।
प्रविधिको आविष्कार र त्यसको अनुकरण विस्तारै हुने हो। कहि न कहिबाट सुरु हुन्छ र सर्वव्यापी हुन्छ।
प्रविधिको प्रयोग र आविष्कारको नमुनाको रुपमा विमानस्थलहरु पनि देखिएका छन्। यसमध्ये संसारकै इनोभेटिभ केही विमानस्थल छन्। त्यसमा सबैभन्दा इनोभेटिभ पाँच विमानस्थल यस्ता छन्।
डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल,चीन
चीनको राजधानी बेइजिङमा सञ्चालनमा आएको डाक्सिङ अन्तर्राष्ट्रि विमानस्थल इनोभेटिभमा पर्छ। यसमा अहिलेका सबै ट्रेन्डिङ प्रविधि र आविष्कारको प्रयोग गरिएको छ। हवाई यात्राको क्रममा विमानस्थलको संरचना नै परिवर्तन गर्नगरी आएका पछिल्ला प्रविधि प्रयोग गरिएको यो विमानस्थलमा फेसियल रिकक्नेजिसनको प्रविधि छ। यो अहिलेलाई ऐच्छिकमात्र छ।
इस्तानबुल विमानस्थल, टर्की
टर्कीको इस्तानबुल संसारकै व्यस्त ट्रान्जिट हो। यो विमानस्थलले चाइल्ड साइजको रोबोट राखेको छ। जसले यात्रुलाई सेवा दिने छ।
लन्डन सिटी एयरपोर्ट,बेलायत
बेलायतको सिटी एयरपोर्ट नयाँ विकास मोडल बन्दै छ। यसमा पूर्ण डिजिटल एयर ट्राफिक कन्ट्रोलर टावर हुने बताइएको छ।
सिंगापुर
सिंगापुरको विमानस्थलको टर्मिनल वातावरण रमाइलो वा मनोरञ्जानात्मक हिसाबले उत्कृष्ट मानिन्छ। कुनै पार्कजस्तो मानिने यो विमानस्थलमा प्रविधिको पिन उत्तिकै प्रयोग गरिएको छ।
स्टुटगार्ट, जर्मन
यो विमानस्थलले सन् २०५०मा कार्बन न्यूट्रल हुने लक्ष्य लिएको छ। यसले अहिलेदेखि नै यसको सुरुवात पनि गरिसकेको छ। यसका लागि एयरपोर्टले सोलार इनर्जी उपयोग गरेको छ। जसका लागि छानो नै सोलार प्यालनको राखिएको छ। त्यस्तै उक्त विमानस्थलमा विद्युतीय भ्यान तथा कार्गो गाडी राखिएको छ। एटिसी सिस्टम पनि अप्टिमम फ्युल इफिसेन्सीलाई मध्यनजर गरेर सञ्चालन गरिएको छ।