काठमाडौं बानेश्वरस्थित आइप्लेक्स मलमा फुड गार्डेन संचालनमा आएको छ।
फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई राणाले फुड गार्डेन संचालनमा ल्याएकी हुन् । फुड गार्डेनको पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्माले उद्घाटन गरेकी हुन्। आकर्षक डिजाइनमा बनेको सो फुड गार्डेनका सजावट सामान सबै चीनबाट मगाइएको राईले बताइन् ।
गुणस्तरिय खाना खुवाउने आफ्नो लक्ष्य रहेको उनले सुनाइन। बानेश्वरको उक्त मल राईको नै हो । उनले त्यहाँ फिल्म हल समेत संचालनमा ल्याएकी छिन् । फुड गार्डेन संचालनमा आएपछि २५ जना कामदारले रोजगारी पाएका छन् ।