मासु प्रशोधन उद्योग सञ्चालन गर्न चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ। उद्योग विभागमार्फत् उक्त प्रस्ताव गरेको हो।
प्रस्तावअनुरूप लगानीकर्ताले काठमाडौंमा उद्योग सञ्चालन गर्ने छन्।
उद्योगको कुल पूजिँ १५ करोड रहेको छ।
उद्योगले बफ १ सय, सुँगुर १ सय, ससेज १ सय र इटली ससेज १ सय मेट्रिक टन उत्पादन गर्ने बताएको छ।
उक्त उद्योग सञ्चालनमा आएपछि ७० जनाले रोजगार पाउने छन्।