भारतको राष्ट्रिय ध्वजाबाहकले त्यहाँका सरकारी निकायलाई उधारो टिकट दिन छाडेको छ।
भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार लामो समयदेखिको बक्यौता नतिरेको भन्दै एयरलाइन्सले टिकट दिन छाडेको हो।
अर्बौ घाटामा रहेको एयरलाइन्समा धेरै सरकारी निकायहरूले १० लाख भारुभन्दा बढी उधारो राखेका छन्।
सरकारी निकायको उधारोमात्र २ अर्ब ६८ करोड रहेको छ। एयरलाइन्सका वरिष्ठ अधिकारीहरुलाई उद्धत गर्दै आएका समाचारहरुका अनुसार उधारो असुल भएमात्र टिकट उधारोमा दिन सकिने बताइएको छ।