सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले उखु किसानलाई ११ करोड २६ लाख रूपैयाँ भुक्तानी गरेको छ। बाँकी रकम भने १ महिना भित्र दिने उद्योग मालिक विरेन्द्र कनोडियाले बताए।
कनोडियाले उखु किसानलाई २१ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी थियो।
पुस १७ गते बिहीबार बक्यौता नतिरी चालू सिजनको उखु क्रसिङ गर्न लागेपछि किसानले मिलको उुख तौलने काँटा र प्रशासनमा ताला लगाएका थिए।
भुक्तानी पाएपछि उद्योगी र किसानको सहमतिमा बुधबारबाट उद्योग सञ्चालनमा आएको छ।