श्री एयरलाइन्सले आजदेखि थप रुटमा उडान सुरु गर्ने भएको छ। एयरलाइन्सले काठमाडौं-जनकपुर रुटमा आजदेखि उडान सुरु गर्न लागेको हो।
एयरलाइन्सले बम्बार्डियरको क्वू४०० जहाजबाट आजदेखि उक्त रुटमा उडान सुरु गर्न लागेको हो।
यसअघि यो रुटमा बुद्ध र यति एयरलायन्सलेमात्र उडान गर्दै आएका थिए। नयाँ एयरलाइन्स थपिएपछि भाडा अझ प्रतिस्पर्धी हुने विश्वास गरिएको छ।
दैनिक एक उडान गरिने श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। उनकाअनुसार जनकपुरका लागि काठमाडौंबाट १२ बजे उडान हुने छ। त्यस्तै उक्त जाहज जनकपुरबाट साढे १ बजे फर्किने छ।
८० सिट क्षमताको जहाजबाट एयरलाइन्सले जनकपुरसँगै सिमरा र पोखरा पनि उडान सुरु गर्ने तयारी गरिरहेको छ।
भारतीय सहरमा चार्टर्ड उडानका लागि सफल परीक्षण उडान गरिसकेको एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि पाएको छ। श्रीसँग ६ जहाज छन्। ५० सीट क्षमताका सिआरजे २०० जहाज २, ७० सीट क्षमताका सिआरजे ७०० जहाज २ र ८० सिट क्षमता भएको क्वू ४०० सिरिजको जहाज २ छन्।