पोखरामा बिर्यानीका पारखीहरुलाई लक्षित गरी द बर्गर एन्ड बिर्यानी हाउस खोलिएको छ।
हल्लन्चोक नजिकै लेकसाईडको १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट खोलिएको हो।
सुलभ मुल्यमा चिकेन , मटन र हाईद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने हाउस सन्चालकले बताएका छन्।
संचालनक ईश्वर काप्री र मनोज अधिकारीकाअनुसार उक्त बिर्यानी एन्ड बर्गर हाउसमा बिर्यानि र बर्गर बाहेक अन्य इन्डियन , चाईनिज ,कन्टिनेन्टल नेपाली परिकारहरु पनि उपलब्ध छन्।
नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकहरुलाई स्वस्थ र स्वादिष्ट परिकारहरु पस्किन रेस्टुरेन्ट तत्पर रहेको सन्चालक ईश्वरले जानकारी गराए।
बिर्यानीको लोकप्रियता बढेसँगै पोखरामा यस परिकारको राम्रो बजार पाएको उनको भनाइ छ।