करमा जस्तै वस्तु आयातका लागि पनि व्यावसायीले पूर्वादेशको सुविधा पाउने भएका छन्।
नेपाल सरकारले मालवस्तुको वर्गीकरण तथा उत्पत्ति विषयको पूर्वादेश जारी गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णयअनुसार अब कुनै पनि आयातकर्ताले विदेशबाट वस्तु आयात गर्दा वस्तुको विवरण, उत्पत्ति, हार्मनाइज्ड कोड जस्ता सबै विवरण घोषणा गर्न पाउने छन्। सोहीअनुसार उनीहरुका लागि भन्सार दर तथा करको पूर्वानुमान गर्नसक्ने छन्।
यो नियमले व्यापार सहजीकरणमा सहयोग पुग्ने भन्सार विभागको विश्वास छ।
तर व्यावसायीहरुले भने नेपालको भन्सार प्रणालीमा सबै इकोसिस्टम निर्माण भइनसकेकाले तत्काल खासै ठूलो प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन्।
यसले भन्सारमा लाग्ने करको पूर्वानुमान तथा आएपछिको अवस्थामा पनि मालवस्तु जाँचमा केही छरितो हुने भएपनि योभन्दा झन्झटिला अन्य प्रक्रिया भएकाले यसबाट राहत नमिल्ने उनीहरुको दाबी छ।