चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द हुने भएको छ।
आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गर्न लागेको हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए।
सोही निर्देशनअनुसार चन्द्रगिरी हिल्सको केवलकार सेवा बन्द गर्न लागेको बताइएको छ।
'अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,' शाहले सेतोपाटीसँग भने,'सम्भवत: २१ गतेसम्म बन्द हुनेछ।'