आन्तरिक उडान गर्ने नेपालको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्नो अधिकतम भाडा घटाएको छ।
बुद्धले कोभिड १९ को जोखिम बढेपछि काठमाडौंबाट एकैपटक धेरै यात्रु एकैपटक काठमाडौं बाहिर जानखोज्दा अधिकतम भाडादर लागू भइरहेको अवस्थामा अधिकतम भाडादर घटाएको जानकारी दिएको छ।
उसले पछिल्लो समय यात्रुको चाप एकतर्फी भएको र स्ट्रक्चरल भाडादरअनुसार सरकारले स्वीकृत गरेको भाडादरमा अधिकतम दरमा टिकट बिक्रीवितरण भइरहेको जानकारी दिएको छ।
सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दुरीका सार्वजनिक यातायात बन्द गरेपछि एकमात्र माध्यम हवाई भएको र यस्तोमा भाडाको सिमा परिमार्जन गरिएको एयरलाइन्सले प्रष्टीकरण दिएको छ।
भाडादरका बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयरलाइन्सहरुसँग छलफल गरेका थिए। शनिबारको उक्त छलफलमा मन्त्री भट्टराईले एयरलाइन्सहरुलाई विपत्को समयमा भाडाको अधिकतम सिमा घटाउन आग्रह गरेका थिए।
परिमार्जित भाडादर चैत २१ गतेसम्ममात्र लागू हुने एयरलाइन्सले जानकारी दिएको छ।
यस्तो छ बुद्ध एयरको परिमार्जित भाडादर:
गन्तव्य | साविक अधिक्तम भाडादर | लागु गरिएको अधिक्तम भाडा |
विराटनगर | ७८७८ | ५५०० |
भैरहवा | ६७८१ | ४९०० |
नेपालगञ्ज | १०६२० | ६३०० |
भद्रपुर | ९८०० | ६२०० |
धनगढी | १४१२५ | ७९०० |
पोखरा | ५२७२ | ३७०० |
राजविराज | ६५४० | ४२०० |