सरकारले होटलहरुमा क्वारेन्टाइन बनाउने भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोगजकत्वमा गठन भएको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले होटलको खोजी गर्ने निर्णय गरेको छ।
कार्यदलको निर्णयअनुसार पर्यटन विभाग र पर्यटन बोर्डले २ हजार जनालाई पुग्ने क्वारेन्टाइन बनाउनका लागि उपयुक्त होटलको विववरण तयार गरी सोमबारसम्म बुझाउने छन्।
क्वारेन्टाइन बनाउनका लागि आवस्यक होटलको विवरण तयार पार्न होटल संघ तथा होटल व्यवसायीहरुका संस्थाहरुसँग समुन्वयन गरिने छ।
विवरण प्राप्त भएपछि सरकारले होटलमा पनि क्वारेन्टाइन बनाउने छ।