कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ।
भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि टिकटको मूल्य घटाएको यती एयरलाइन्सले जानकारी दिएको छ।
मूल्यसूचीमा उल्लेख गरिएका शूल्क बाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने बताइएको छ।
मूल्यसूची
गन्तव्य | साधारण टिकट दर | नयाँ टिकट दर |
भद्रपुर | रु. ९,००० | रु. ६,२०० |
विराटनगर | रु. ७,४५० | रु. ५,५०० |
भैरहवा | रु. ६,१०० | रु. ४,९०० |
नेपालगञ्ज | रु. ९,८५० | रु. ६,३०० |
पोखरा | रु. ५००० | रु. ३,७०० |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा संचालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको
उल्लेखित हवाई भाडा दरहरु चैत १० गतेदेखि २१ गतेसम्म लागू हुने कम्पनीले बताएको छ।