भन्सार विभागले दैनिक उपभोग्य वस्तुको भन्सार जाँचपास छिटो गर्न सबै भन्सार कार्यालयहरुलाई निर्देशन दिएको छ।
भन्सार विभागले सबै भन्सार कार्यालयहरुलाई परिपत्र गर्दै २ घणटाभित्र त्यस्ता वस्तुको भन्सार जाँचपास गर्न निर्देशन दिएको हो।
विभागले मास्क,स्यानिटाइजर,सर्जिकल ग्लोव्स,औषधि तथा यस्ता वस्तुका कच्चा पदार्थको भन्सार जाँचपासमा २ घण्टाभन्दा बढी समय नलगाउन निर्देशन दिएको छ।
त्यस्तै उपभोग्य वस्तुहरु दाल,चामल,नून,तेल,खाना पकाउने ग्याँस, पेट्रोल,डिजेल, तथा अन्य व्यक्तिगत सुरक्षाका सामानहरुको भन्सार जाँचपास छिटो गर्न निर्देशन दिएको छ।
यस्तो जाँचपासको क्रममा कुनै समस्या आएमा विभागले गठन गरेको क्वीक रेस्पोन्स टिमलाई सम्पर्क गर्न निर्देशन दिइएको छ।