सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेपछि कैलाश हेलिकप्टरले आधा दर्जन उद्दार उडान गरेको छ। यसमध्ये पाँच उद्दार उडान भएका छन् भने १ औषधि ढुवानी।
कैलाश हेलिकप्टरका ससञ्चालक प्रतापजंग पाण्डेकाअनुसार कम्पनीले आजमात्र दुई उडान गरेको छ।
कैलाशले आज एउटा उडान डोल्पाको साल्दाङ उडान गरेको थियो। अत्यावश्यकीय वस्तु तथा औषधि ढुवानीका लागि साल्दाङ उडान गरेको थियो।
त्यस्तै आजमात्र फिदिम नगरपालिका ५ का वडाअध्यक्ष लिला तुम्बाहाम्फे बिरामी भएपछि कैलाशले विर्तामोडमा ल्याएको थियो।
यसअघि कैलासले पोखरा,संखुवासभामा १/१ उडान गरेको थियो भने लुक्लामा दुई।