कोरोना भाइरस (कोभिड–१९) कोषमा यती समूहले एक करोड सहयोग गरेको छ।
कोरोना भाइरसको रोकथामका लागि यती समूहका लगानीकर्ताहरुको तर्फबाट यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोडको चेक दिएका हुन्।
व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा उभिएको ‘यती समूह’ले बताएको छ।