लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालीले पोखरामा दुग्धजन्य उत्पादन घर–घरमै पुर्याउन थालेको छ।
शनिबारदेखि दुध, दही, ध्यु, पनिर, बटर लगायतका उत्पादन होम डेलिभरी गर्न थालिएको सुजल डेरी प्रालीका सिनियर ब्राण्ड म्यानेजर नबिन पोखरेलले जानकारी दिए।
साना ठूला जस्तोसुकै ग्राहकलाई हामी यो सेवा दिन्छौ र उहाँहरुले अर्डर गरेको २४ घण्टाभित्र पुर्याउछौंं,’ उनले सेतोपाटीसगँ भने।
सफल एक्सप्रेस होम डेडिभरी नामक यस क्याम्पेन मार्फत दुग्धजन्य उत्यादन अर्डर गर्न सामान्य उपभोक्ताले न्यूनतम ८ सय र विक्रेताले
न्यूनतम १ हजार ५ सय रुपैयाँ बराबरको अर्डर गर्न पर्ने छ। अर्डरको लागि ९८०१२४०२०४ मा फोन गर्नुपर्ने बताइएको छ।