वाल्ट डिस्नेले यस हप्तादेखि १ लाखभन्दा बढी कामदारहरूको तलबमा रोक्ने निर्णय गरेको छ।
कोरोना भाइरसको महामारीसँगै आर्थिक संघर्ष गरिरहेका कारण यो सातादेखि कामदारको तलबमा रोक लगाउने निर्णय लिएको बिबिसीले जनाएको छ।
विश्वको सबैभन्दा ठूलो मनोरन्जन समूह डिज्नीले अमेरिका, युरोप र एशियामा थिम पार्क र होटलहरू सञ्चालन गर्दै आइरहेको छ।
फाइनेन्शियल टाइम्सका अनुसार डिज्नीले आधा कामदारको तलबमा रोक लगाउँदा महिनाको झन्डै ५०० मिलियन डलर बचत हुनेछ।
कम्पनीले बिना तलब बिदा रहने कर्मचारीको पूर्ण स्वास्थ्य सेवा सुविधा यथावत रहने जनाएको छ।
अमेरिकी कर्मचारीहरुको हकमा उसले सरकारले दिने सरकारी सुविधाहरूको लागि आवेदन दिन आग्रह गरेको छ।
गत महिना डिज्नीको कार्यकारी अध्यक्ष बब ईगरले महामारीको समयमा तलब नलिने घोषणा गरेका थिए।
यसैगरी प्रमुख कार्यकारी बोब चापेकले पनि आधा मात्र तलब लिने जनाइएको छ।