सरकारले यो वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १५ रुपैयाँ मूल्य तोकेको छ।
मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य स्वीकृत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन्।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँको समर्थन मूल्य सिफारिस गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो।
गत वर्षको तुलनमामा यो वर्ष गहुँको उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ। गत वर्ष झण्डै साढे २० लाख टन गहुँ उत्पादन भएको थियो।