सरकारले लकडाउकै बीच निश्चित उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगधन्दा सुचारु हुन थालेका छन्। तर धेरैजसो उद्योग तथा औद्योगिक उत्पादन भने अझै सुरु हुन सकेको छैन।
उद्योगी व्यवसायीहरुले सरकारले माथिबाट निर्णय गरेपनि अन्तर सरकारी समुन्वयको अभावमा समस्या यथावत रहेको उनीहरुले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिले आयोजना गरेको डिजिटल डिजिटल कन्फ्रेन्समा बोल्दै व्यवसायीहरुले सरकारले उद्योग सञ्चालनका लागि बनाएको मापदण्ड व्यवाहरिक नभएको, भएकै मापदण्ड पनि समुन्वयको अभावमा कार्यान्वयन नभएको जानकारी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिले आयोजना गरेको डिजिटल कन्फ्रेन्समा वस्तुगत संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। लकडाउनपछि उद्योग सञ्चालनका सन्दर्भमा उनीहरुले आफ्नो धारणा राखेका थिए।
समितिका सभापति अन्जन श्रेष्ठले सरकारले उद्योग सञ्चालनका लागि ल्याएको मापदण्ड अव्यवाहरिक भएको बताए।
'अरु नीतिमा जस्तै सरकार यसमा पनि चुकेको छ। यो मापदण्ड स्पष्ट पनि छैन। कुन निकायले के गर्ने भन्ने पनि स्पष्ट छैन। स्थानीय निकायसँग कुनै पनि सहकार्य छैन। नवलपरासीमा उद्योगीहरुले मजदुर ल्याउनका लागि पास मागे। प्रशासनले अनलाइनबाट माग्नुहोस भन्यो। त्यो त विशेष अवस्थामा लिनका लागि गरिएको थियो' उनले भने।
त्यस्तै उद्योग सञ्चालनका लागि आवश्य साहयक उत्पादन, कच्चा पदार्थको सहज आपूर्तिजस्ता कुरामा सरकारको निर्णय स्पष्ट नभएको उनको भनाइ छ।
सरकारले उद्योग सञ्चालनका लागि कामदारलाई कारखानामै राख्नुपर्ने सरकारी निर्णय व्यवाहरिक नभएको श्रेष्ठ भनाइ छ।
'यो निर्णय कुनै पनि कोणबाट व्यवाहरिक छैन। उद्योगी आफैले यसको व्यवस्थापन तत्काल गर्न सक्दैनन्। हामीले देशभरका साथीहरुसँग कुरा बुझ्दा यो अव्यवाहरिक हुने देखिएको छ। सरकारले यसमा पुर्नविचार गर्नुपर्छ' उनले भने।