नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले गएको ६ वर्षमा १ खर्ब ३० अर्ब ७७ करोड नाफा लिएका छन्।
चालु वर्षको आर्थिक सर्वेक्षणनअनुसार २०७१ देखि गएको फागुनसम्म विदेशी लगानीकर्ताले उक्त अंकको लाभांस लिएका हुन्।
यो वर्षको साउनदेखि फागुनसम्म विदेशी लगानीकर्ताले ९ अर्ब लभांस लिएका छन्।
हालसम्म नेपालमा विदेशी लगानीकर्ताले २ खर्ब १३ अर्ब लगानी गरेका छन्।