नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनका कारण बन्द भएका हेल्थ क्लब, व्यायामशाला खोल्न माग गरेको छ।
स्वास्थ्यको महत्वपूर्ण आधार व्यायाम, जिम भएकाले यस्ता गतिविधि खोल्दै जानुपर्नेमा संगठनले सरकारको ध्यानाकर्षण गराएकोछ।
त्यस्तै यो क्षेत्रका व्यवसाय तथा त्यसमा निर्भरहरुको अवस्था कमजोर हुँदै गएकाले सरकारले बेवास्ता गर्ननहुने संघले बताएकोछ।
सरकारले बजेटबाट ल्याएको राहतका प्याकेजबाट व्यायाम तथा हेल्थ क्लबले पाउनेमा संघ आशावादी रहेको छ।