उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टाले ग्यास उद्योग बिक्री गरेका छन्।
केही समयअघिमात्र सञ्चालनमा आएको उक्त उद्योग भट्टले १८ करोडमा बिक्री गरेका हुन्। पछिल्लो समय सञ्चालन अनुमति पाएको सैपाल ग्यास उद्योग प्रालीको कानूनी स्वामित्व भने उनका पारिवारिक सदस्यको नाममा थियो।
भट्टको उक्त ग्यास उद्योग नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले किनेका छन्। एभरेष्ट ग्यास उद्योग प्रालीले सैपालको पूर्ण स्वामित्व लिएको हो। १८ करोडमा सैपालको स्वामित्व लिइएको घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
'म अहिले पनि धनगढीमै छु। सैपालको स्वामित्व लिएपछि सञ्चालनको जिम्मा सम्हाल्ने तथा हिसाब फरफारग गर्ने काम भइरहेको छ' घिमिरेले सेतोपाटीसँग भने।
२ हजार टन क्षमताको उक्त उद्योग भर्खरैमात्र सञ्चालन आएकाले यसका सिलिन्डर बजारमा धेरै गइसकेका छैनन्। यद्यपी के कति छन् भनेर हिसाब गर्ने काम भइरहेको उनले जानकारी दिए।