नितान्त ट्याक्सी व्यवसायी तथा मजदुरको आन्दोलनमा बाहिरी मान्छे ल्याएको भन्दै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पदमुक्त भएका छन्।
समाजको आइतबार बसेको संचालक समितीको बैठकले मगरलाई अनुसन्धानको लागि अर्को बैठकसम्म पदमुक्त गरिएको समाजका महासचिव पुर्ण तामाङले जानकारी दिए।
‘आन्दोलन भाडिनुमा उहाँको दोष छ की छैन त्यो अनुसन्धानको क्रममा छ। अनुसन्धान नहुन्जेलको लागि उहाँलाई उहाँकै सल्लाहमा पदमुक्त गरिएको हो। यो कारवाही होइन,’ तामाङले सेतोपाटीसगँ भने।
अनुसन्धनमा मगर दोषी भए समाजको विधान अनुसार कारवाही हुने उनले जानकारी दिए।
अनुसन्धान नहुन्जेल बरिष्ठ उपाध्यक्ष प्रेम कुमार तामाङ कार्यकारी अध्यक्षको भुमिका निर्वाह गर्नेछन्।
ट्याक्सी चलाउन पाउनुपर्ने माग राख्दै गत १६ गते मंगलबारदेखि सुरु भएको व्यवसायीको आन्दोलन १८ गते स्थिगित भएको थियो।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र अखिल नेपाल यातायात मजदुर संघ, ट्याक्सी विशेष समितिको संयोजकत्वमा गरिएको आन्दोलनमा अध्यक्ष मगरले आफुखुसी ज्ञानेन्द्र शाही, पुण्य गौतम लगायतका बाहिरी मान्छेलाई भाषण गर्न लगाएको र सघंको झण्डा च्यात्ने, नाममा टेपले छोप्ने गरिएको अखिल नेपाल यातायात मजदुर संघ, ट्याक्सी विशेष समितिका उपाध्यक्ष रविन्द्र भुपाल प्रधानको आरोप छ।
यही विवाद बढेपछि फेरी पनि मगरले एकलौटी ढंगले आन्दोलन अन्त्यको घोषण गरेको प्रधानले बताए।