एप्पलको लागि नेपालमा आधिकारीक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आईफोनको एस इ २०२० मोडलका फोन अर्को सातादेखि बजारमा ल्याउने भएको छ।
लकडाउनका कारण नेपालमा एस इ सिरिजको फोन आउन सकिरहेको थिएन। आईफोन एस इ ६४ जीबी, १२८ जीबी र २५६ जीबी भर्सनमा उपलब्ध हुने जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले जनाएको छ।
एस इ को सबैभन्दा सस्तो भर्सनको मूल्य ६८ हजार ५०० रुपैयाँ तोकेको भने १२८ जीबी भर्सनको मूल्य ७६ हजार ५०० रुपैयाँ तोकेको छ । त्यसैगरि २५६ जीबी आईफोन एस इ को मूल्य ९२ हजार ५०० रुपैयाँ पर्ने जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सकी निर्देशक निकिता भिमसरियाले जानकारी दिइन।
उनका अनुसार कम्पनीले म्याकबुक प्रो तर्फ १३ इन्चको नयाँ म्याकबुक प्रो बजारमा उपलब्ध गराएको छ। जसमा १२८ जीबी स्टोरेज तथा २४६ जीबी स्टोरेज रहेको छ । यी म्याकबुक प्रो १३ को मूल्य क्रमश १ लाख ६५ हजार रुपैयाँ तथा १ लाख ७८ हजार रुपैयाँ तोकिएको छ। नयाँ म्याकबुकको मूल्य भने पहिलाको तुलनामा घटेको छ।
यसका साथै कम्पनीले आइफोन इलेभेन, इलेभेन प्रो र म्याक्स बिक्री गरिरहेको छ। आइफोन इलेभेन, इलेभेन प्रो र म्याक्सको नयाँ मूल्य कायम गरिएको छ।
आइफोन इलेभेन, ६४ जिवीकाे १ लाख १६ हजार ५ सय, १२८ जिबीको १ लाख २४ हजार ५ सय २५६ जिबीकाे १ लाख ४० हजार १ सय आइफोन इलेभेन प्रो ६४ जिबीकाे १ लाख ६४ हजार २५६ जिबीको १ लाख ८८ हजार मूल्य तोकिएको छ ।
त्यस्तै आइफोन प्रो म्याक्स ६४ जिवीको १ लाख ८० हजार र २५६ जिवीको २ लाख ४ हजार मुल्य तोकिएको छ। अमेरिकी डलरमा उतार चढाव आएपछि नेपालमा पनि आइफोनको मूल्यमा उचारचढाव आएको हो।