संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको छ।
सार्वजनिक यातायात सम्वद्ध सरोकारवाला मजदूर संगठन, व्यवसायी तथा प्रतिनिधिसगँको छलफलपछि ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोले सोही मापदण्डलाई पालना गरी सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकालाई निर्देशन दिएको हो।
त्यसैगरी, महामारीको समयमा सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने बारेमा आगामी बैठकमा सिसिएमसी र विभागीय मन्त्रालयसँग छलफल गरिने निणर्यमा उल्लेख छ।
नेपाल सरकारले कोभिड-१९ नियन्त्रणको लागि लकडाउन गरेसँगै विगत ३ महिनादेखि सार्वजनिक यातायात चल्न सकेका छैनन्।
गाडीको किस्ता, घर खर्च लगायतको अभावले मानसिक यातना भएको कारण डिप्रेसनको स्थितिमा पुग्न लागेको यातायात मजदूर तथा व्यवसायीले गुनासो गर्दै आइरहेका छन्।