सरकारले रुग्ण उद्योगको खोजी गर्न कार्यदल बनाएको छ। देशभर रहेका रुग्ण उद्योगको पहिचान गरी त्यसको पुनरुत्थान तथा व्यवस्थापनका लागि गर्न सकिने कामको सुझाव दिनका लागि दिपक सुवेदीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
'रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिन श्री दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने' साउन १९ गते बसेको मन्त्रिपरिषदको वैठकको निर्णयमा उल्लेख गरिएको छ।
यो कार्यदलले लामो समयदेखि बन्द रहेका, जेनतेन चलिरहेका वा चरम नोक्सानीमा चलिरहेका उद्योगको खोजी गर्ने छ। त्यस्ता उद्योगको व्यवस्थापन तथा पुन:सञ्चालनका लागि गर्नसकिने कामका बारेमा सरकारलाई सुझाव दिन कार्यदल गठन गरिएको हो।