कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सिनामंगलस्थित लेकाली किचन एण्ड कटीया हाउसले आफ्नो सम्पुर्ण 'फ्रन्टलाइन'का स्टाफहरुलाइ एएभ् सहितको सुरक्षा प्रदान गरेको छ।
राजधानीमामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सम्पुर्ण स्टाफहरुलाइ पिपिइ, माक्स, पञ्जा अनिवार्य गरेको हो। साथै आउने ग्राहकहरुको लागि सेनिटाइजर पनि अनिवार्य ब्यबस्था गरेको छ।
यसअघि करिब तीन महिना लकडाउन हुँदा पनि सबैभन्दा धेरै क्षति रेष्टुरेन्ट ब्यबसायीहरुले नै भोगेका छन्। अब भने सुरक्षा अपनाएर खोल्नुको बिकल्प नरहेको भन्दै आफ्ना ग्राहकहरुलाइ सुरक्षित महसुस गराउन कुनैपनि कसर बाँकी नराख्ने कटीया हाउसका संचालक मधुसूदन ढकालले जानकारी दिए।
कोरोना भाइरसको भर्खरै सुरुवात हुँदा कटीया हाउसले आफ्ना स्टाफलाइ माक्स र पञ्जा, ग्राहकलाई सेनिटाइजर अनिवार्य गरेको थियो। संचालक ढकाल भन्छन्,' हामी नेपाल सरकारले तोकेको सम्पुर्ण मापदण्ड पुरा गरेर खोल्न तयार छौं त्यसका लागि सरकारले सहयोग गर्नुपर्यो। विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोनाबाट हामी त्रसित त छैनौं तर हेलचेक्र्रयाइ पनि गरेका छैनौं।'
कोरोना जो कोहीलाइ पनि हुनसक्ने भएकोले हामी बाहेक हरेकलाइ कोरोना छ भन्ने हेतुले सामाजिक दुरी कायम गरी काम गर्नुपर्ने उनको धारणा छ।
कटीया हाउसमा आउने ग्राहकले कोरोना नेगेटिभ रोपोर्ट देखाएमा १० प्रतिशत छुट दिने पनि ढकालले जानकारी दिए।
काठमाडौंमा सानाठूला सयौं रेष्टुरेन्टले न्युनतम मापदण्ड पनि नपुर्याइ निर्वाद संचालनमा रहेको र यसले कोरोना संक्रमणको अझ जोखिम रहेको भन्दै सरकारले नियमित नियमन गरेर मात्रै संचालन गर्न दिनुपर्ने उनी बताउँछन्।