गोदरेज कन्जुमर प्रोडक्ट लिमिटेडले सरसफाइ, पि डब्लू ९५ माक्स र अन्य किटाणुनासक लिक्वीड तथा ह्यान्ड स्यानिटाइजर नेपाली बजारमा लेराएको छ।
हालसम्म गोदरेजले हात सरसफाइका उत्पादनहरु मात्र नेपाली बजारमा लेराएको थियो।
तर, अहिले गोदरेजले व्यक्तिगत र घरायसी सरसफाइको सामग्री पनि लेराएको छ।
गोदरेजले ल्याएको स्वास्थ्य सावधानी उत्पादनअन्तर्गत गोदरेज प्रोटेक्ट एक उत्पादन हो।
जसले ९९.९ प्रतिशत किटाणुहरु, भाइरस र व्याक्टेरियाहरुलाई रोक्नसक्ने क्षमता राख्ने गोदेरज नेपालका कन्ट्री म्यानेजरले बताए।
बजारमा गोदरेज प्रोटेक्ट अन्तर्गत साबुन, स्किन एन्टी व्याक्टेरियल वाइपस
प्रोटेक्ट हेल्थ साबुन पनि छन्।
एन्टी व्याक्टेरियल र एन्टी फन्गल तत्वहरु मिश्रित भनेर बनेको यो साबुनले ९९.९ प्रतिशत किटाणुहरुबाट सुरक्षा दिने कम्पनीले बताएको छ। यो साबुन ५० ग्राम र १०० ग्रामको प्याकेटमा उपलब्ध छ।
त्यस्तै, जेलको रुपमा उपलब्ध स्यानिटाइजर ५० मि.लि, १०० मि.ली. ५०० मि.ली. र ५ ली. मा उपलब्ध छ।
प्रोटेक्ट मल्टिपर्पोज डिसइन्फेक्ट लिक्विड भने व्यक्तिगत र घरेलु प्रयोगको लागि उपयोगी हुन्छ। यो सिट्रस र एक्वा गरी दुई प्रकारमा पाइन्छ।
छ वटा लेयर भएको प्रोटेक्ट मास्कले किटाणुसँगै ५ प्रतिशत व्याक्टेरिया, विभन्न हावाका कणहरु लगायत धुलोबाट बच्न मद्दत गर्ने कम्पनीको दाबी छ। यो सानो, मध्यम र ठूलो गरी तीन प्रकारमा पाइन्छ।
यसअघि गोदरेजले होम केयर, पसर्नल केयर र हेयर केयरका उत्पादनहरु नेपाली बजारमा लेराएको छ। साथै गोदरेज नं १, गुडनाइट कोइल, हीट, गोदरेज हेयर कलर, गोदरेज ह्यान्टवास लगायत उत्पादनहरु छन्।
त्यसैगरी, प्रोटेक्ट मिस्टर म्याजिक पहिलो धुलो ह्यान्डवास ५६ रुपैयाँमा पाइने कम्पनीले बताएको छ।