दुई महिनादेखि बन्द रहेको रसुवा नाका खुलेको छ। बाढी पहिरो तथा विविध कारण देखाउँदै चिनियाँ पक्षले बन्द गरेको उक्त नाकाबाट सामान लोड भएका ट्रकहरु नेपाल तर्फ आउन सुरु गरेका छन्।
रसुवा भन्सार कार्यालय प्रमुख पुन्य बिक्रम खड्काका अनुसार बुधबारदेखि नाका खुलेको हो।
नेपाली पक्षले खोल्नका लागि ताकेता गरिरहे पनि चीनले विभिन्न कारण देखाउँदै २ महिनादेखि बन्द रहेको थियो। बाढी पहिरो तथा विभिन्न कारण देखाएपनि मुर्त कारण भने दिन सकिरहेको थिएन।
त्यस्तै तातोपानी नाका पनि कर्मचारीको कोरोना परीक्षणको नतिजा आएपछि खुल्ने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।
कर्मचारीको परीक्षण गरिएको र नतिजा नेगेटिभ आएपनि नाका खुलाउने चिनियाँ पक्षले बचन दिएको छ।
नाका खुले पनि तातोपानीबाछ भने सिमित क्षमतामा मात्र सेवा दिने चिनियाँ पक्षको तयारी छ।
तातोपानी नाका चीनको ताल फुट्ने प्रक्षेपन भएको बेलादेखि बन्द भएको थियो।
पछिल्लो समय बाढी पहिरोका कारण तातोपानीबाट काठमाडौं आउने सडक पनि अवरुद्ध भएको थियो। व्यवसायीकै पहलमा मर्मतको काम भएपनि नाका भने खुल्न सकेको थिएन।