हिमालय एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति दिएको बारे नेपाल एयरलाइन्सका कर्मचारीहरुले विरोध जनाएका छन्।
नेपाल एयरलाइन्सले व्यावसायिक ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको र अर्को वर्ष सकिनै लाग्दा हिमालयलाई नियोजित रुपमा दिइएको भन्दै युनियनले विरोध जनाएको छ।
युनियनले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ।
नेपाल एयरलाइन्सको आम्दानीको मुख्य स्रोत नै भुमिस्थ सेवा भएको तर नियोजित रुपमा पाखा लगाउने काम भएको भन्दै युनियनले आपत्ति जनाएको हो।