गोदरेज एप्लायन्सले ‘क्यास ब्याक’ अफर ल्याएको छ। ‘हेल्दी फर यु, हेल्दी फर द प्लानेट’को नारासहित गोदरेजले २५५ सम्मको ‘क्यास ब्याक’ अफर ल्याएको हो।
गोदरेजले भिरोसिल्ड भन्ने नयाँ सामाग्री उत्पादन गरेकर बजारमा बिक्री सुरु गरेको छ।
भिरोसिल्डले २ देखि ६ मिनेटमा विभिन्न सामग्रीलाई किटाणुरहित बनाउँछ।
खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताबलगायतमा किटाणुरहित बनाउने कम्पनीले बताएको छ।
यसलाई मेडिकल रिसर्च इन्डियन काउन्सिलले प्रमाणीकरण गरेको छ।
नेपाली बजारमा गोदरेजको सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ, चेस्ट फ्रिजरजस्ता घरायसी सामग्रीहरु उपलब्ध छन्।